साहित्य

पुस्तक समीक्षा- यो विवशता कस्तो ? जसको कुनै हल छैन…

२०९ औं भानु जयन्तीको सुअवसरमा नेपाली साहित्य विकास परिषद् यू.के.द्वारा आयोजित विशेष साहित्यिक कार्यक्रमका प्रमुखअतिथि परिषद्का पदेन संरक्षक तथा वेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आर्चायबाट मेरी सहपाठी मित्र सुधा श्रेष्ठको संग्रहित कविताहरुको पुस्तक “थेम्स् नदीका दुई किनारा” विमोचनभएको जानकारी सामाजिक संजालमार्फत् नेपाल जानु केही हप्ता अगाडि नै पाइसकेकी थिएँ ।

नेपालमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीबाटउनको कविता संग्रहको विमोचन हुन लागिरहेको खबर भने नेपाल छँदा नै प्राप्त गरें । जसको कारणले गर्दा करिब दुई दशकपछि उनीसंग भेटघाट गर्ने मौका पाएँ भने उनको कविता संङग्रह पनि मेरो हातप¥यो । उनी संगसंगै पढ्दा उनको लेखनप्रतिको झुकावबाट अनभिज्ञ नभएको त होइन तर कविता संग्रह प्रकाशनको विषय जान्दा धेरै खुशी लाग्यो । कविता संग्रहलाई राम्ररी पढ्ने मौका भने क्यानाडा फर्केपछि मात्र प्राप्त गरें ।

यो विवशता कस्तो जसको कुनै हल छैन‘… ‘थेम्स् नदीका दुई किनारा’ कविता संग्रहमा सुधाले आफ्नो हृदयको स्पन्दन छाम्न अनि विवश बनि हार खाएर वाध्यतावश स्वीकार्नुुपर्ने परिस्थितिलाई सरलताका साथ अभिव्यक्त गर्न सफल भएकी छिन् । उनले जीवन, जगत, माया, प्रेम, चाहना, र नैराश्य जस्ता मानवीय संवेदनाहरुलाई मर्मान्तक रुपमा चित्रण गरी कविताका रुपमा उतार्न सफल भएकी छिन् ।

नदीका दुई किनारा झैं कहिले नभेटिने तर सधैं एकनासे संगसंगै बगिरहने मनभित्रका दुई भिन्न प्रकारका विरोधाभासपूर्ण अन्र्तद्वन्द्वहरु चाहे त्यो प्रेमको अपेक्षा र निराशको होस्, सफलता र असफलताका होस्, या त एउटा आदर्श समाजको परिकल्पना र यथार्थताको धरातल, सुधाले समसामयिक र मर्मस्पर्दी तरंग अनि भोगाईहरुलाई ज्वलन्त रुपमा प्रस्तुत गरेकी छिन् ।

पुस्तक विमोचन समारोह- अगस्त १ २०२२, काठमाडाैं

मानवीयचाहना र आकंक्षाको कुनै सिमा हुँदैन, तर मानवीयताको एउटा पक्ष भोगाई र जीवनको यथार्थता, विवशता, संंङ्घर्ष, र निराशा हो भने अर्को पक्षक्षणिक आनन्दमा उल्लास र उन्माद् खोज्ने, मपाईँको मानवीय प्रवृत्ति सजीवनको कटुसत्य दुबै पक्षलाई यस कविता संग्रहका प्रत्येक शब्दहरुले चिच्याई चिच्याई उद्घोषण गरेझैं लाग्दछ । यिनै मानविय गुण—अवगुण, वाद—प्रतिवाद, ईच्छा—नैराश्यता, सही—गलत, राम्रो—नराम्रो, हाँसोे—रोदने जस्ता मनमा उब्जने विरोधाभासपूर्ण अनुभूतिलाई सुधाले सरल रुपमा प्रस्तुत गर्न र पाठकको हृदयमा छाप छोड्न सफल भएकी छिन् ।

कतै उनी कसैको साहाराखोजी हिडेंजस्तो देखिन्छिन् ‘साथपाए’ मा झैं
“कहिलेकाहीं कमजोर भइदिँदा केही साहस पाइन्थ्यो
बेहोश भई लड्खडाइदिँदा केही सहारा मिल्थ्यो
लाचार भई तड्पिनु पदौ केही राहत मिल्थ्यो
विवश भई हार मान्नुपर्दा केही सहानुभूति मिल्थ्योू
भने कतै मायाप्रेमप्रति वितृषित भई भागेझैं देखिन्छिन्
“माया केवलभ्रमित इच्छा हो भन्न गुन्दागुन्दै कहिले तृष्णा लिप्सा बनिदिँदो रहेछ”

(कविता ‘अन्जानमै छताछुल्ल हुन पुगिने’) भने कहिले फेरी उनै प्रेमले ओतप्रोत भावुक सम्पूर्ण समर्पणको अभिलाषा दर्शाउँछिन् कविता ‘भन के गरुँ तिमीलाई’ भन्दै यसरी—
“भन के गरुँ म तिमीलाई ?
पराकाष्ठा सबै पार गरिदिउँकी
लाजसरम सबै त्यागिदिउँकी
आलिङ्गनमा कसी बाँधिदिउँकी
तिमीलाई नै सबै सुम्पिदिउँकी”

अनि कतै आजका नारीको महिला सशक्तिकरणलाई झक्झकाउँदै नारी शक्तिको चेतना जागृत गर्न आव्हाहन गरे झैं लाग्छ ।
“अब त जुरमुराएर उठ्ने बेला भयो समयको माग बुझी
स्वीकारी आफ्नो छिपेका सक्षमता
वर्चश्वता कायम गर्न पट्टी लाग
विजय पाई कमजोरी माथि
विश्वास गरी आफ्नो आत्मशक्तिमाथि
निम्न भएपनि स्वस्पहिचान कायम गर” (कविता ‘आजका नारी’)

यसै गरी आजको युवा पिढींहरुको वास्तविक अवस्था “विदेशिएका युवा पिढीं”मा सशक्त झल्काएकी छिन्
“अन्जान दिशातर्फ भौँतारिदै उड्ने पंक्षी हौ
सुरक्षित भविष्यको लालसामा दिनरात हाँफ्नु पर्छ
अपूर्व आत्मसन्तुष्टिको लागिमौका तलाशगर्दै हिड्छौ
अन्ततः तिम्रो अन्तिम मुकाम नियतीले निश्चितगरिसकेको हुन्छ”

यसरी नै आफुले भोगेका र देखेका विदेशिनुको तीतोपन अनि पीडा तथा आजका युवा पिंढीको बढ्दो विदेशिने क्रमको अल्लारेपन, सफलताको महल बनाउने काल्पनिकतामा रुमलिने आजको सन्दर्भको वास्तविक स्वरुप दर्शाउन खोज्छिन् । जब विपद आँउछ अनि आफ्नो जन्मभूमि र आफन्तहरुको चिन्ताले सताउन थाल्नु सबै विदेशिएकाहरुकोे कटु तर सात्विक यथार्थता हो, जुन सुधाले आफ्नो कविता “विपदको घडी” मार्फत अभिव्यक्त गरेकी छिन् । उनका आक्रोश, वाध्यता, र असहायपन यस कवितामा छछल्किएका छन् ।

घडीको सुईसंगै चाल्नुपर्ने आजको मानवीय वाध्यताको बारेमा उद्दृत गर्दै लेिख्छन् कविता ‘विश्रामविहिन’मा
“यो बन्धन कस्तो जसको कुनै नाम छैन
यो विश्वास कस्तो जसको कुनै प्रश्न छैन
यो सङघर्ष मस्तो जसको कुनै प्राप्ति छैन
यो विवशता कस्तो जसको कुनै हल छैन”

अनायासै फेरि चाहना राख्छिन् एक पलको जहाँ दिल खोलेर हाँस्न सकियोस्, एउटा यस्तो अन्तरङ्गीे साथिको जोसंग मनमा उर्लिएका बहावहरु पोख्न हिचकिचाउन नपरोस् । अनि यस्तै यस्तै अनुभूति र विरोधाभासहरु, द्वन्द्व र प्रतिद्वन्द्वहरु, चहना र आकांक्षाहरु, आशा र निराशाहरुको श्रृंखला अनवरत बगाइनै रहेकी हुन्छिन् ।

अनि फड्फडाउँदा फड्फडाउँडा हार मानेको थकित पंक्षीझैं विवश बनीकतै परिस्थिति स्विकार्न बाध्य भए झैं देखिन्छिन् “तिम्रो वास्तविकता” कवितामा-
“रोएर के गर्छौ यही तिम्रो खुशी हो
भगेर कहाँ जान्छौ यही तिम्रो परिधी हो
तड्पेर के गर्छौ यही तिम्रो क्षमता हो
छटपटिएर के गर्छौ उही तिम्रो विवशता हो”

समग्रमा मैले भन्नुपर्दा यस कविता संङग्रहमा कतै एकलोपनमा अत्तालिए झैं, कतै लक्ष्यहीन भौंतारिएझैं कतै कसैको आलिंगनमा झुमे झैं, कतै नैराश्यताको अन्धकारमा डुबे झैं, कतै उत्साहको किरणमा प्रफुल्लित भए झैं, कतै कसैबाट प्रमाणित हुन खोजे झैं, कतै स्वाभिमानको रक्षा गर्न खोज्दा एक्लै उभिन पुगिए झैं, कतै निरीह नारीझैं सहारा खोज्दै हिडें झैं, कतै आजकी सवल नारी शक्तिको गरिमालाई अंगिकार गरेझैं, कतै देश दुखे झैं त कतै विदेशिनुको पिडाले छटपटाए झैं, कतै अभिलाषाको क्षितिजमा एकटकी लगाए झैं, कतै उत्कण्ठाको वादलमा ओझेल परेझैं, कतै गल्ती पहिल्याउन आत्मालोचना गर्न खोजे झैं, कतै सामाजिक मूल्य मान्यताको परिधीमा बाँधिएझैं, कतै उन्मुक्त पंक्षी सरी पखेटा फिजाउन खोजेझैं……

यस्तै यस्तै अन्र्तद्वन्द्व—प्रतिद्वन्द्वको संगालोमा बगेको छ सुधाको थेम्स् नदीका दुई किनारा र उनले यस शिर्षकलाई न्याय प्रदान गर्न सफल भएकी छिन् । अन्तमा म मेरी प्यारी साथी सुधालाई बधाइका साथै भविष्यको शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.