राजनीति

बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठन नेपालको आर्थिक विकासमा सहयोगी हुने : मन्त्री साउद

परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले क्षेत्रीय मञ्चमार्फत राष्ट्रिय हित प्रवद्र्धन गर्ने नेपालको परराष्ट्र नीति रहेको बताउनुभएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को भावी कार्यदिशा विषयमा बिहीबार काठमाडौँमा  आयोजना गरेको कार्यक्रममा उहाँले आपसी सहयोग अभिवृद्धि तथा आर्थिक विकास गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुक आ–आफ्ना क्षेत्रमा सङ्गठित भएका उल्लेख गर्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, “नेपाल पनि एसियामा स्थापना भएका सङ्गठनहरूमा आबद्ध भई संवाद र सहकार्य गर्दै आएको छ । त्यसैअनुरूप नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बिम्स्टेक र एसियाली सहयोग संवादजस्ता एसियाका सङ्गठनहरूलाई उपयोग गरी आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा आपसी सहयोग अभिवृद्धिमा सक्रिय हुँदै आएको छ ।” भू–परिवेष्टित मुलुक एवं अल्पविकसित मुलुक नेपालले आर्थिक विकाससँग सम्बन्धित चुनौतीबाट पार पाउन बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनसँगको आबद्धता सहयोगी हुने बताउनुभयो ।

मन्त्री साउदले बिम्स्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्रअन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिमस्टेक प्रकृयाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी (प्रवुद्ध व्यक्तिहरुको समूह) गठन भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.