खेलफूटबल

पोखरालाई पराजित गर्दै ललितपुर नेपाल सुपर लिगको फाइनलमा

उपाधिको लागि धनगढीसँग खेल्ने 

ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ । ललितपुरले अब उपाधिका लागि शनिबार धनगढी एफसीसँग खेल्नेछ ।

पोखरालाई पराजित गर्दै ललितपुर नेपाल सुपर लिगको फाइनलमा

दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।

ललितपुर सिटी एफसी र पोखरा थन्डर्स बीचको दोस्रो क्वालिफायर खेल अतिरिक्त समयमा गएको थियो । खेलको निर्धारित ९० मिनेटसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको हो । ललितपुरको जितमा इमो इजिकेल र कुशल देउवाले एक एक  गोल गरे भने पोखराको लागि भने स्टेफन अन्नोरले गोल गरे ।

खेलको ३३ औं मिनेटमा ललितपुर सिटि एफसी १० खेलाडीमा सिमति भएको थियो । ललितपुरका निखिल कदमले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए । उनले पोखराका आयुश घलानलाई फल गरेपछि दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाडेका हुन् ।

पहिलो हाफको इन्जुरी समयमा इजिकेलको गोलमार्फत ललितपुरले अग्रता लियो । तर खेलको ७१ औँ मिनेटमा पोखराका अन्नोरले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यसपछी खेलको ९९ औँ मिनेटमा कुशलको गोल निर्णायक बन्दा ललितपुरले पोखरामाथी २–१ गोलको रोमाञ्चक जित निकाल्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.