जापान

भोट खरिद गरेको आरोपमा पूर्वमन्त्री तथा सांसद काकिजावा पक्राउ

लिबरल डेमोक्र्याटिक पार्टीका पूर्व सांसद काकिजावा मितोलाई टोकियोको कोटो वार्डमा चुनावमा उम्मेदवारको समर्थन जुटाउन घुस दिएको आरोपमा पक्राउ गरिएको छ ।

घुस प्रकरणमा संलग्न रहेको आरोपमा ५२ वर्षीय काकीजावाका चार सचिव पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५२ वर्षीय मासाकी इटो, ६४ वर्षीय नारुतो युरुकी, ३८ वर्षीय शू गोटो, र ३४ वर्षीय नाओकी मोरिकावा रहेका छन् ।

पूर्व वरिष्ठ उप न्यायमन्त्री समेत रहेका काकीजावाले टोकियोको कोटो वार्ड निर्वाचनमा किमुरा यायोईलाई निर्वाचित गराउन घूस दिएको अभियोग लागेको छ ।

काकीजावाले चुनावअघि एलडिपी सभासदहरूलाई कुल १८ लाख येन नगद हस्तान्तरण गरेको अनुसन्धानकर्ताहरूले शंका गरेका छन् ।

त्यसै गरी किमुराको चुनावी अभियानमा संलग्न एक पूर्व सभासदलाई ‘सल्लाहकार शुल्क’को रूपमा आठ लाख प्रस्ताव गरेको आशंका गरिएको छ।

पक्राउपछि काकीजावाले आफूमाथिको आरोपहरू अस्वीकार गर्दै आफूले घूस दिन नचाहेको बताए पनि पैसा प्राप्त गर्नेहरूमध्ये केहीले यो घुसखोरी हो भन्ने सोचेको अनुसन्धानकर्ताहरूलाई बताएका छन् ।

निर्वाचनका बेला किमुराको अभियानका कर्मचारीहरूले उनलाई भोट गर्न आह्वान गर्दै युट्युबमा करिब ३ लाख ८० हजार येन खर्च गरेर विज्ञापन कानुनको उल्लंघन गरेका थिए ।

काकिजावाको समर्थनमा किमुराले गत अप्रिलमा चुनाव जिते पनि नोभेम्बरमा राजीनामा दिएकी थिइन् । यसअघि अक्टोबरमा तल्लो सदनका सदस्यले युट्युब विज्ञापनको कारण उपन्यायमन्त्रीको पदबाट राजीनामा दिएका थिए।

काकिजावाले पनि यस महिनाको सुरुमा टोकियोको नागाताचो जिल्लामा रहेको आफ्नो कार्यालयमा अभियोजनकर्ताहरूले छापा मारेपछि पार्टी छाडेका भए पनि सांसद पदमा भने वहाल नै छन्।

जापानको प्रचलित कानुनन अनुसार मतदातालाई आकर्षित गरी भोट खरीद गरी निर्वाचन कानुन उल्लंघन गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख येनसम्म जरिवाना हुनेछ।

त्यसै गरी उम्मेदवारहरूको लागि अनलाइन संचारमा सशुल्क विज्ञापनहरू प्रयोग गर्नेहरूले दुई वर्षसम्म कैद वा पाँच लाख येनसम्मको जरिवाना हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.