जन सरोकार

इपिएस परीक्षामा विवाद- परीक्षार्थीले लगाए मन्त्रीको गाडीमा आगो

रोजगारीका लागि दक्षिण कोरिया जानका लागि लिइने अनुमति प्रणाली (इपीएस) परीक्षामा उत्पन्न विवादले ललितपुरमा उग्ररुप लिएको छ ।

शुक्रबार परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेका छन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार प्रदर्शनकारीले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाइदिएका छन् ।

प्रदर्शनकारीले सुरुमा गाडी रोकेर हावा खुस्काएका थिए । मन्त्री ज्वाला र दुई पिएसओ पनि बाहिर निस्किएपछि लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका छन् ।

पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.