जन सरोकार

मन्त्रीको गाडीमा आगजनी : प्रहरीको गोली लागी एकजनाको मृत्यु, पाँच जना पक्राउ

इपिएस परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लगेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार भक्तपुरमा बस्दै आएका जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो ।

गोली लागेपछि अचेत अवस्थामा रहेका राउतलाई १२ः४० बजे अस्पताल ल्याइपुर्याएकोमा १ः१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । राउतको छातीमा रातो–निलो डाम रहेको प्रमुख पाठकले जानकारी दिनुभयो ।

शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए । सोही क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।

मन्त्री सवार गाडीलाई रोकेर युवाहरुले सुरुमा हावा फुस्काएपछि आगो लगाएका थिए । आगो लगाउन थालिएपछि मन्त्री गाडीबाट बाहिर निस्कनुभएको थियो । प्रहरीले गाडीमा आगजनी गर्ने पाँचजनालाई पक्राउ गरिएको छ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.