राजनीति

राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा एमालेमा : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा बोकेको बताउनुभएको छ ।

शुक्रबार नेकपा एमाले चितवनले कालिका नगरपालिकामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सो कुरा बतउउनु भएको हो ।

उहाँले एमालेले काम गरेर देखाएको र स्पष्ट दृष्टिकोण भएको पार्टी भएको बताउँदै नेतृत्वको सरकारले विकास निर्माणका थुप्रै योजना सुरु गरेको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेले सरकारको नेतृत्व गरेको समयमा मदनभण्डारी राजमार्ग, पूर्वपश्चिम राजमार्ग चौडा गर्न सुरु गरेको, रेलमार्ग सुरु गरी जनकपुरसम्म रेल पुर्याएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “एमाले सरकारमा छँदा जनतामा बेग्लै खालको उर्जा सञ्चार भएको थियो । विकासको लहर ल्याउने प्रयत्न गरेका थियौँ”।

एमाले नेपाली जनताको पार्टी भएको भन्दै उहाँले भन्नुभयो, “हाम्रो अभियान नेपालमा परिवर्तन ल्याउन र देशलाई समृद्ध बनाउनका लागि हो । जनतालाई सुखी बनाउन र जनताका समस्या समाधान गर्न हामी आन्दोलनका लागि तयार छौँ ।”

उहाँले आत्मविश्वासका साथ अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा नयाँ र पुराना भनेर भेदभाव नगर्न पनि उहाँको सुझाव थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.