जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं र भक्तपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत मोतिहारी दरपाथाना घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ वज्वलेक मेडिसिन प्रालिमा काम गर्ने २६ वर्षीय राजु श्रीवास्तालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-२ घर भई भक्तपुर कमलबिनायक बस्ने २६ वर्षीय टेक बहादुर माझीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
माझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्