विश्व समाचार

दक्षिण कोरिया विमान दुर्घटनामा दुई जना बाहेक सबैको मृत्यु भएको आशंका (अपडेट)

आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको बोइङ–७३७ विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । कोरिया टाइम्सका अनुसार दुर्घटनामा परी १८१ जनामध्ये ८५ जनाको शव निकालिएको छ भने दुई जनाको जीवितै उद्धार गरिएको छ ।

विमान दुर्घटना

यसबाहेक अन्य ९४ यात्रुको मृत्यु भएको आशंका गरिएको छ । समाचार एजेन्सी योनहापका अनुसार विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियरमा समस्या देखिएको थियो । जसका कारण विमान ल्यान्डिङ गियर बिना नै अवतरण गर्नुपरेको थियो ।

अवतरणपछि विमान धावनमार्गमा चिप्लिएर विमानस्थलको बारसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । एजेन्सीका अनुसार विमानमा चालक दलका ६ सदस्य र १७५ यात्रु सवार थिए ।

दुर्घटना भारतीय समय अनुसार बिहान स्थनीय समय अनुसार ९:०७मा भएको थियो । समाचार अनुसार विमानस्थलमा हुने सबै स्थानीय तथा अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिएको छ । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.