राजनीति

सम्पत्ति शुद्धीकरणको हतियारबाट ठूला दलका कोही पनि नेता नजोगिने

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कमजोर रहेको सहकारी ठगीसंगै सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएपछि सत्तापक्षका नेताहरुले समेत बिरोध गर्दै आएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका शीर्षस्थ नेताहरुले रविमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएर सरकारमा बस्नेहरुले गलत गरेको भन्दै यसले अब कोही पनि नेता जोगिन नसक्ने टिप्पणी गरिरहेका छन् ।

यसै क्रममा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले विपक्षीमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाएकाले अब यही हतियारबाट ठूला दलका नेताहरू कोही पनि नजोगिने बताउनुभएको छ ।

शनिबार सुनसरीको इटहरीमा राप्रपा कोशी प्रदेश समितिले गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले रविमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेकाले अब यो हतियार रोकिन नहुने बताउनुभएको हो

उहाँले भन्नुभयो, ‘अहिले रास्वपा सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब दाप बाहिर आइसकेको छ, यो हतियार नरोकिने र रोकिन हुन्न।’

अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन् संरक्षण गरेको दाबी गर्दै अध्यक्ष लिङ्देनले सबै दलका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र सुरू बरू आफैबाट गर्न तयार रहेको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै राप्रपाका निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको बताउँदै प्रजातान्त्रिक दलहरूको नाममा प्रजातन्त्र मास्ने काम भएको आरोप लगाउनुभयो ।

त्यसै गरी पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले राप्रपा जनताको पक्षमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.