राजनीति
सम्पत्ति शुद्धीकरण मुद्दा असन्तुष्ट धनराज
सहकारी ठगी प्रकरणमा नाम मुछिएर विवादित रहनुभएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एक दुई जना नेतालाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाएर सुशासन कायम नहुने बताउनुभएको छ ।
आइतबार कांग्रेस महोत्तरीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै गुरुङले एक दुई जनाको मात्र सम्पत्ति छानविन गरेर नेता तर्साउन नहुने बताउँदै सबै नेताको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लगाइएको सम्पत्ति शुद्धीकरण मुद्दा असन्तुष्ट देखिनुभएका गुरुङले एक/दुई नेताको मात्र होइन सबै नेता र कर्मचारीको समेत छानबिन हुनुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा उहाँले सरकार तत्काल ढल्ने परिकल्पना नगर्न कार्यकर्तालाई आग्रह गर्दै सरकारलाई सफल कार्यमा लगाउन सबैले सहयोग गर्र्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्