जन सरोकार

नेत्र ज्योति सङ्घलाई दुई करोडको जग्गा निःशुल्क

म्याग्दीका एक दम्पतीले नेत्र ज्योति सङ्घ, बेनीलाई रु दुई करोड ५० लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको सङ्घलाई मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन् ।

नेत्र ज्योति सङ्घ

रोका दम्पतीले सङ्घलाई बेनीबजारस्थित कालिपुलको सात आना एक पैसा तीन दाम क्षेत्रफलको जग्गा दान गर्नुभएको हो । शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतीले सङ्घका सभापति अमर बानियाँलाई सो जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुभयो । हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको सङ्घलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ । सङ्घको भवन निर्माणका लागि पनि सक्दो आर्थिक सहयोग गर्ने रोका दम्पतीले वाचा गरेका छन् ।

यसअघि जग्गादाता रोकाले २०६६ सालमा आफैँले नेतृत्व गरेर हिमालयन आँखा अस्पतालसँग समन्वय गरी बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.