राजनीति

असन्तुष्ट मुख्यमन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संविधानले दिएको अधिकार प्रयोगमा प्रदेश सरकारले अधिकार नपाएको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर मुख्यमन्त्रीहरूले संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन मात्र गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

संघीयता कार्यान्वयन र प्रदेशहरुको अधिकारका विषयमा शुक्रबार हेटौंडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

शुक्रबारको बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकारलाई नै जोड दिएको थियो । गत असार १५–१६ गते पोखरामै तय भएको साझा अवधारणा र निर्णयलाई निरन्तरता दिँदै मुख्यमन्त्रीहरुको हेटौंडा बैठक सकिएको थियो ।

उनीहरुले प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नसकेको र अर्कोतर्फ साझा अधिकार सूचीका तहगत कार्यविस्तृतीकरण नहुँदा पनि काम गर्न नसकिएको निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.