राजनीति

अध्यक्ष दाहालद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

अध्यक्ष दाहालद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

महासचिव वैद्यको सुरेश वाग्ले क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । अध्यक्ष दाहालले आइतबार साँझ अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै परिवारजनसित पनि भेट गर्नुभएको थियो ।

सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले महासचिव वैद्यको छातीमा सङ्क्रमण तथा दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने अध्यक्ष दाहाललाई जानकारी दिएका थिए ।

सो अवसरमा महासचिव वैद्यले आइसियुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष दाहाललाई जानकारी दिनुभयो । अध्यक्ष दाहालले उहाँको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.