संस्कृति
तमु ल्होसारले राष्ट्रिय एकता मजबुत बनाउछ : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तमु ल्होसार/ल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
गुरुङ समुदायको महान् पर्व ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले यस पर्वले नेपालमा तमु जातिलगायत सम्पूर्ण नेपालीहरुबीच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भातृत्व अभिवृद्धि गर्दै राष्ट्रिय एकता मजबुत हुने उल्लेख गर्नुभयो ।
अध्यक्ष यादवले नेपालमा तमु जातिले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व राख्ने बताउनुभयो । साथै उहाँले तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने तमु समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा शुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्