सोनाम लामाको नेतृत्वमा यूएनडीओ नयाँ कार्यसमिति
डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ)ले स्थापना भएको करिव डेढ वर्षपछि पहिलो अन्तराष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ ।
यहि डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन वर्षको लागि २९ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको हो।
कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रिय सदस्य मनोनित गरिनेछन् भने खाली रहेका पदमा पनि नयाँ नेतृत्वले मनोनित गर्नेछ। पहिलो महाधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गरेसंगै अल्पकालीन र दिर्घकालिन योजना समेत पारित गरेको छ।
सन् २०२२ को मार्चमा काठमाण्डौमा गैरआवासीय नेपाली संघका अग्रज, वर्तमान रुपमा लागिपरेका एनआरएनहरुको छलफलले यूएनडिओ नामको सँस्था स्थापना गर्नुपर्ने निष्कर्षमा पुगेर यो संस्था स्थापना गरेको थियो।
त्यसपछि दर्ता प्रक्रियाको लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन नपाएपछि सर्वोच्च अदालतमा अपिल गरिएको थियो। जुलाई ३०, २०२३ मा सर्वोच्च अदालतले संस्था दर्ता स्वीकृत गर्न आदेश दिएपछि कानुनी रुपमा स्थापित भएको यो।
नेपालको दिगो सामाजिक–आर्थिक विकासका लागि अग्रणी पहल गरी नीति निर्माताहरू, नेतृत्वप्रदायी क्षमता भएका व्यवसायीहरु र सरोकारवालाहरूसंग मिलेर काम गर्ने अठोट संस्थाले लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्