विश्व समाचार

चीनले बनायो विश्वको सबैभन्दा लामो एक्सप्रेसवे सुरुङ

विश्वको दोस्रो अर्थतन्त्र महाशक्ति राष्ट्रको होडमा रहेको नेपालको उत्तरी छिमेकी मुलुक चीनले विश्वकै सबैभन्दा लामो एक्सप्रेस वे सुरुङ निर्माण सम्पन्न गरेको छ ।

उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको बेइङ्गोलिनको मङ्गोलियन स्वायत्त प्रान्तको हेजिङ काउन्टीको तियानशान शेङ्ली सुरुङबाट बाहिर निस्किएको तस्वीरहरुले देखाएको छ ।

उइगुर स्वायत्त क्षेत्रको दक्षिणी र उत्तरी भागहरू जोड्ने छोटो मार्ग खोल्दै तियानसान शेङ्ली सुरुङले विश्वको सबैभन्दा लामो एक्सप्रेसवे सुरुङ सोमबार बिहान निर्माण पूरा गरेको छ ।

चिनीयाँ समाचार समिति सिन्ह्वाका अनुसार २२.१३ किलोमिटर लामो सुरुङको नाम शेंगली दिइएको छ । चिनीया भाषामा यसको अर्थ विजय हो ।

यो सुरुङ संचालनमा आएपछि तियानशान पर्वतको मध्य भाग पार गर्न करिब २० मिनेटमा घटाउने छ । चार लेनको सुरुङमा प्रतिघण्टा एकसय किलोमिटरको गतिमा दोहोरो सवारी संचालन हुनेछ ।

परियोजनाले गम्भीर वातावरणीय अवस्था र अत्यधिक जटिल भूविज्ञानको सामना गर्दै परम्परागत विधिद्वारा सुरुङ निर्माण पूरा गरिएको छ । डिजाइन अनुसार यसको समयावधि लगभग ७२ महिना लाग्ने भए पनि निर्माणकर्ताहरूले मात्र ५२ महिनामा यसलाई सफलतापूर्वक सम्पन्न गरेका छन् ।

निर्धारित समयभन्दा २० महिना चाँडो काम सम्पन्न गर्न विगत चार वर्षमा दैनिक तीन हजारभन्दा बढी कामदारहरूले उच्च उचाइ, कम अक्सिजन तथा जोखिमपूर्ण वातावरणमा निरन्तर काम गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.