जापान

चीनबाट आउने हवाई यात्रुहरुका लागि जापानमा आपतकालीन प्रतिबन्ध

चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापान सरकारले शुक्रबारदेखि चीनबाट आउने यात्रुहरूका लागि आपतकालीन प्रतिबन्ध लागू गरेको छ ।

नयाँ प्रतिबन्ध अनुसार मुख्यभूमि चीनबाट आउने सबै सिधा उडानहरू र जापान प्रवेश गर्नुभन्दा ७ दिनअघि चीनमा आएका मानिसहरूलाई भाइरसको परीक्षण गरिनेछ ।

यदि संक्रमित भेटिएमा लक्षण देखिएका व्यक्तिलाई ७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ भने लक्षण नदेखिएका यात्रु ५ दिनसम्म बस्नुपर्नेछ ।

चीनबाट आउने सिधा उडानका यात्रुहरु चारवटा विमानस्थलमा उत्रनेछन् । राजधानी टोकियो नजिक रहेको तारिता र हानेदा तथा कान्साई र चुबु विमानस्थल तोकिएको छ । सरकारले हवाई कम्पनीहरुलाई जापान र चीनबीचको उडान नबढाउन आग्रह गरेको छ ।

यसै गरी हङकङ र मकाउबाट आउने सिधा उडानहरूबाट आउने यात्रुहरु जापान प्रवेश गर्नुअघि ७ दिनसम्म चीनको मुख्य भूमिमा नआएको भएमा माथिका ४ वटा विमानस्थलका अतिरिक्त शिन चितोसे, फुकुओका र नाहामा उडान गर्न अनुमति दिइनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.