प्रदेश

गण्डकी प्रदेश प्रमुखको आरोप– मिडियामा गोयबल्स शैली हावी

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नेपाली मिडिया गोयबल्स मान्यताबाट अग्रसर हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल मिडिया काउन्सिल सम्बन्धि कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विधायन तथा प्रदेश मामिला समिति र नेपाल कानून समाजले पोखरामा गरेको संवाद कार्यक्रममा उहाँले लोकतान्त्रिक गणतन्त्रमा मिडियाको भूमिका ऐतिहासिक रहेको बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि मिडिया जवाफदेही र उत्तरदायी भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाली समाजमा अराजकता र निराशा बढेको उल्लेख गर्दै सभामुख अधिकारीले तत्कालको खुशी भन्दा दीर्घकालीन समाधानका लागि मिडियाले सकारात्मक र रचनात्मक भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मिडिया काउन्सिल विधेयकमा देखिएका कमजोरीलाई सरोकारवालाबीचको छलफल र संवादका माध्यमबाट संशोधन गर्न सकिने उहाँले बताउनुभयो । उहाँले कानूनको पालना गराउन पनि दण्ड सजाय आवश्यक हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता रमेश लेखकले मिडिया काउन्सिल विधेयकका बारेमा प्रस्तुति राख्नुभएको थियो । समूहगत छलफलमार्फत सहभागीले विधेयकको प्रस्तावना, गठन प्रक्रिया, काम कर्तव्य अधिकार र पेशागत मर्यादा कायम राख्न आवश्यक योग्यतालगायत विधेयकलाई समृद्ध बनाउन सुझाव दिनुभएको थियो ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले सुझावलाई एकीकृत गरेर निष्कर्ष निकालिने बताउनुभयो । अर्का राष्ट्रियसभा सदस्य ठगेन्द्र प्रकाश पुरी, उदया शर्मा पौडेल, नागरिक सम्वाद केन्द्र पोखराका प्रमुख जुनाकुमारी गुरुङले विधेयकमाथि संवाद कार्यक्रमको औचित्य र महत्वका विषयमा धारणा राख्दै सहभागीलाई सुझाव दिन आग्रह गर्नुभएको थियो ।

गण्डकी प्रदेशका विधायन तथा प्रदेश मामिला समितिका सभापति मोहनप्रसाद रेग्मीले संविधानसँग नबाँझिएर कानून बनोस् भन्नेतर्फ सतर्क हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संवादले विधेयकमा भएका कमजोरीलाई हटाइनेमा विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.