राजनीति

सूचना प्रविधि विधेयक फिर्ता नलिए सबै एकजुट भएर आन्दोलन गर्ने चेतावनी

साझा पार्टीले नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता विपरीत प्रस्ताव गरेको सूचना प्रविधि विधेयकमाथि सरकार पक्षबाहेक सम्पूर्णको बिरोध हुँदा पनि फिर्ता नलिनु आपत्ति जनक भएको भन्दै यस्तै अवस्था रहे आम सर्वसाधारण, नागरिक समाज, विपक्षी राजनीतिक दलहरू, संचार माध्यम सबै एक भएर उक्त विधेयकका विरूद्ध सडकमा ओर्लनुको विकल्प नरहने चेतावनी दिइएको छ ।

सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रस्तावित सूचना प्रविधि विधेयक शक्ति पृथककीकरणको शिद्धान्त र समग्रमा लोकतन्त्रको मर्मकै प्रतिकूल रहेको भनि व्यापक विरोध हुँदाहुँदै पनि सरकारले उक्त विधेयक फिर्ता नलिनु सरकारले लोकतन्त्रलाई देखाउने मोहोडाको रूपमा प्रयोग गर्ने र शक्ति केन्द्रीकृत गर्दै सत्ता र समाजमाथिको पकड मजबुत बनाउने दुष्प्रयास भनिएको छ ।

दशकौँको संघर्षपछि प्राप्त ‘उदार लोकतन्त्र’को अवधारणालाई सत्ताशिन भएदेखि नै ‘अनुदार लोकतन्त्र’ तर्फ उन्मूख गराउँदै आफू, आफ्नो पार्टी, आफ्ना आसेपासेहरूको हीत र आम सर्वसाधारणको अहित हुने काम कम्युनिस्ट सरकारले बारम्बार गर्दै आएको दावी गर्दै विज्ञप्तिमा त्यसैको पछिल्लो कडी स्वरूप आएको सुचना प्रविधि विधेयकले न्यायपालिकाको अधिकारलाई कार्यपालिकाको परिधिभित्र ल्याउने प्रस्ताव गरेको उल्लेख छ ।

विज्ञप्तिमा वर्तमान छापाखाना तथा प्रकाशन ऐन, राज्य विरूद्धको अपराध ऐन, विद्युतीय कारोबार ऐन र गाली बेइजज्जतीसम्बन्धी कसुरमा भएको सजायाहरूभन्दा नयाँ ल्याइएको विधेयका सजायाहरू असामान्य र अत्यधिक रहेकाले विधेयक पारित भएको खण्डमा सामाजिक सञ्जालको प्रयोगमा समेत नियमन होइन स्पष्टरूपमा नियन्त्रण लागू हुने भएकाले साझा पार्टी प्रस्तावित सूचना प्रविधि विधेयक तुरून्त फिर्ता गर्न, विज्ञहरूसँग राय सल्लाह लिन र संशोधित विधेयक तयार पार्न सरकारसँग जोडदार माग गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.