राजनीति

छोराबाट आजीत पूर्वराजा ज्ञानेन्द्र बुहारी हिमानीलाई जिम्मेवार बनाउँदै

सनातन संस्कृति र संस्कारमा बाबुको बिडो छोराले थाम्नुपर्छ तर त्यो छोरा आफं लावारिस जस्तै भएर गैरजिम्मेवार बन्यो भने पारिवारिक संस्कार र व्यवहारलाई निरन्तरता दिन कि नातीलाई अघि सारिन्छ नभए बुहारी । अहिले नेपालको राजपरिवारमा यस्तै दृश्य देखिन्छ पूर्व राजा ज्ञानेन्द्रका एकमात्र छोरा पारस आफैं अलपत्र अवस्थामा रहेपछि शाही जिम्मेवारी विस्तारै बुहारी हिमानीलाई सिकाउँदै छन् ।

आफ्ना एकमात्र छोरा पूर्व युवराज पारसको गैरजिम्मेवार र विवादास्पद व्यवहारका कारण आजीत पूर्व राजाले मुलुकमा गणतन्त्र भए पनि राजपाठको अभ्यासका लागि बुहारीलाई प्रशिक्षित गरिरहेका छन् । त्यसैले त ज्ञानेन्द्रको हरेक विदेश भ्रमण होस् वा स्वदेशकै विभिन्न जिल्ला भ्रमणमा साथ रहने गरेको छ ।

गद्दीमा रहे पनि नरहे पनि राजपरिवारका सदस्यहरुको दैनिकी उस्तै हुन्छ, अत्यधिक औपचारिक, मान, सम्मान अनि सन्तुलित बोलाई र चालढालका साथै सर्वसाधारणका समस्या सुन्ने, समाधानका लागि आश्वासन दिने । यो वंशाणुगत रुपमा जिम्मेवारी फेरिंदै जान्छ र निवर्तमान शाही परिवारको यो जिम्मेवारी विस्तारै पूर्व युवराज्ञी हिमानीको काँधमा बिसाउँदैछन् पूर्व राजा ज्ञानेन्द्र शाह ।

यो भूमिकामा पूर्व युवराज पारस हुनुपर्ने हो तर उनी आफ्नै सुरमा मस्त छन् । न राजपरिवारको परम्परागत मान्यताको अनुसरण, न पारिवारजिक जिम्मेवारीबोध । पारसको बिन्दास जीवनशैलीका कारण उनी आफ्नो परम्परागत भूमिकाबाट विमुख भएपछि त्यो भूमिकामा उनकी पत्नी हिमानी प्रशिक्षित हुँदै गएकी छिन् ।

एकथरी राजावादीका अनुसार पूर्वयुवराज पारस शाहले निर्मल निवासको उत्तराधिकारीको भूमिका देखाउन नसक्नुको विकल्पमा पूर्वराजा ज्ञानेन्द्रले हिमानीलाई अगाडि बढाएका हुन् । त्यसैले पारसलाई निर्मल निवास प्रवेशमा रोक लगाउँदै जनतामाझ जाँदा पूर्वयुवराज्ञीलाई अगाडि बढाइएको हो । हिमानीले खोलेको ट्रष्टमा पूर्वराजा ज्ञानेन्द्र संरक्षक छन् । उक्त ट्रष्टमार्फत दैवीप्रकोप पीडितलगायतलाई हिमानीले सहयोग हस्तान्तरण गर्दै आएकी छन् । गोखरादेखि धादिङसम्म उनले गरेको कामका कारण लोकप्रियता बढिरहेको छ ।

हुन त ससुरा बुहारी एकसाथ हुनुलाई अनेक कोणबाट अपव्याख्या र गलत अर्थ लगाउनेहरु नभएका हैनन् तर खासमा यो राजपरम्पराको बिडो थाम्न बुहारीलाई गरिएको प्रशिक्षण मात्र हो । दरबारको उत्तराधिकारीका रुपमा पूर्व राजाले युवराज्ञीलाई राखेका कारण हरेक भेटघाट र राजनीतिक, धार्मिक व्यक्तित्वसँगको परिचयका लागि बुहारीलाई अगाडि बढाएको दरबार निकटहरु बताउँछन् ।

दरबारनिकट एक विश्लेषकका अनुसार नेपाललाई हिन्दूत्व र आगामी पुस्तालाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने व्यवाहारिक ज्ञानका लागि पूर्वयुवराज्ञीलाई अगाडि बढाइएको हो । पछिल्लो पटक एलओडी क्लवमा अकास्मात् ज्ञानेन्द्र प्रकट हुँदा शाही परिवारका केही सदस्य थिए । रानी कोमल थिइनन् तर बुहारी हिमानी उनीसँगै क्लवमा पुगेकी थिइन् । जहाँ ‘रातो र चन्द्र सूर्य’ भन्ने बोलको गीतमा ज्ञानेन्द्रसहित हिमानी पनि नाचेकी थिइन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.