जन सरोकार

किमाथाङ्कामा सशस्त्रको सीमा निगरानी पोष्ट स्थापना

सङ्खुवासभाको जिल्लाको भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्कामा सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ ।

सीमा नाकाभन्दा एक किलोमिटर यता दुई वटा घर भाडामा लिई स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य शुरु गरेको सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय काठमाडौँका सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट किमाथाङ्का जिल्लाको सदरमुकाम खाँदबारीबाट ११० किलोमिटर उत्तरतर्फ सीमा क्षेत्रमा स्थापना भएको हो । सो बिओपी सीमा इलाकामा हुने चोरी, पैठारी नियन्त्रण, सीमा अपराध नियन्त्रण तथा सीमास्तम्भको सुरक्षामा परिचालित रहने छ ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा आवश्यक बन्दोबस्तीका सामानसहित हेलिकोप्टरद्वारा आज उक्त टोली पु¥याइएको थियो । सशस्त्रको यसअघि १०७ सीमा निगरानी चौकी छ । सरकारले ११४ स्थानमा चौकी थप्ने निर्णय गरिसकेको छ ।

अहिलेको मौजुदा सशस्त्र प्रहरीबाट सीमा सुरक्षामा जनशक्ति अपुग हुन्छ । प्रत्येक चौकीमा ३५ जना सुरक्षाकर्मी रहेकामा त्यसलाई बढाएर ५० पु¥याउनुपर्ने आवश्यकता रहेको र यसका लागि १० हजार जति जनशक्ति आवश्यक पर्ने देखिन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.