आबुधाबीमा बस दुर्घटना : तीन नेपालीको मृत्यु- १४ जना घाइते (अपडेट)
संयुक्त अरब इमिरेट्सको आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना तीनजना नेपालीको ज्यान गएको छ भने १४ जना नेपाली घाइते भएका छन् । बिहीबार बिहान ५ः३० बजे काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा कामदार चढेको बस गुडिरहेको लरीमा ठोक्किएर बस दुर्घटना भएको थियो ।
दुर्घटनामा परी एमबीएम कम्पनीमा कार्यरत झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङको मृत्यु भएकाृ नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना खुल्न बाँकी छ ।
सोही दुर्घटनामा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई, इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा घाइते भएका छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन।
घाइते निर्मला भने मफरक अस्पतालमा उपचारपछि क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक, एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ । सो बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्