जापान

जापानी उपमन्त्री नोरिहातो राजनीतिक भेटघाटमा व्यस्त

नेपाल भ्रमणमा रहनुभएका जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिस्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातो राजनीतिक भेटघाटमा व्यस्त रहनुभएको छ ।

शुक्रबारले उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नुभयो । भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

त्यस्तै नोरिहातोसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा नेपाल भ्रमण वर्षका अवसरमा बढीभन्दा बढी जापानी पर्यटकलाई नेपाल भ्रमण गराउने, नेपाल र जापानका बीचमा सिधा हवाई उडान बढाउने, नागरिक उड्डयनका क्षेत्रमा सहयोग बढाउनेलगायत दुई देशबीच आपसी सम्बन्धबारे छलफल भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.