राजनीति

एमसीसीबारे छिट्टै निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ

नेता नारायणकाजी श्रेष्ठ

नेता नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताउनुभएको छ ।

प्रेस सङ्गठन म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालको विद्युत् प्रशारणलाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसीसीलाई संसद्बाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भइरहेको सन्दर्भमा राष्ट्रियहितलाई केन्द्रमा राखेर निर्णय गरिने बताउनुभएको हो ।

“पार्टीको सचिवालय बैठकले राष्ट्रिय स्वाधीनता र विकासलाई ध्यान दिएर यथार्थपूर्वक ढङ्गबाट एमसीसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने छ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो, “अब लामो समयसम्म एमसीसी प्रस्तावलाई के गर्ने भनेर बस्ने अवस्था रहँदैन, पार्टीको सचिवालय बैठकलाई निर्णय गर्ने निर्देशन भएको छ, अब बस्ने बैठकले यसबारे निष्कर्षमा पुर्‍याउँछ ।”

सभामुख चयनबारे देखिएको अन्र्यौलताले छिट्टै निकास पाउने पनि उहाँले जानकारी दिनुभयो । उहाँले वर्तमान सरकारले मुलुकमा हुँदैआएका र भएका बेतिथि तथा गलत कार्यको छानबिन गरी बास्तविकता बाहिर ल्याउने कार्य गरेको बताउनुभयो । राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारका क्रममा नेता श्रेष्ठसहित उम्मेदवार भगवती न्यौपाने समेत म्याग्दी आउनुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.