अग्रज पत्रकार दुर्गानाथ शर्माको निधन
नेपालको रेडियो र टेलिभिजन पत्रकारिताका अग्रज व्यक्तित्व दुर्गानाथ शर्माको निधन भएको छ । शर्माको महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको परिवारले जनाएको छ ।
उपचारार्थ सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ५ दिन अगाडि भर्ना गरिएनुभका शर्मालाई मंगलबार साँझमात्र मनमोहन कार्डियो भस्कुलर सेन्टर, शिक्षण अस्पताल ल्याइएको थियो ।
रेडियो नेपाल हुँदै नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गर्नुभएका ७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समय रक्तचाप र पिसाबमा पनि समस्या देखिएको थियो ।
नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धकसमेत रहनुभएका शर्माले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘विश्व घटना’ सञ्चालन गर्नुभएको थियो । उहाँका ‘बिनाराहदानीको विदेश यात्रा’, ‘छाल’ लगायतका पुस्तक प्रकाशित छन् ।
इलाममा २००४ साल जेठ १४ जन्मिनुभएका शर्माले गोरखापत्रको संवाददाताका रुपमा पत्रकारिता सुरु गर्नुभएको थियो । उहाँका दुई छोरा र श्रीमती छन् ।
प्रतिक्रिया राख्नुहोस्