बालुवाटार जग्गा प्रकरण : विजय गच्छेदारसहित एक सय ७५ जनामाथि भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात तथा भाटभटेनी सुपर मार्केटका प्रमुख मीनबहादुर गुरुङ लगायतविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले कांग्रेस नेता गच्छदारमाथि ९ करोडभन्दा बढी, अख्तियारका पूर्वप्रमुख बस्न्यातबिरुड ९ करोड , शोभाकान्त ढकालबिरुद्ध ३१ करोड ६५ लाख रुपैयाँ विगो तथा जरिवाना माग गर्दै मुद्दा दायर गरिएको हो ।
पूर्व सचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले भूमाफिया र उनीहरूलाई सहयोग गर्नेहरूको नामै किटेर कारवाही गनुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिआईबी र भूमि व्यवस्था मन्त्रालयले यो विषयमा अनुसन्धान गरेको थियो ।
यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
जग्गा विक्रीमा संलग्न भएको आरोप लागेका नेकपा महासचिव विष्णु पौडेल लगायत सत्तापक्षका नेताहरुका विषयमा भने अख्तियार र सिआईबी मौन रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्