जापान

सम्राट नारुहितोको जन्मोत्सव : राष्ट्रपति भण्डारीबाट शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोलाई उहाँको शुभजन्मोत्सवका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । २३ फेब्रुअरी १९६० मा जन्मनुभएका नारुहितो अघिल्लो वर्ष मात्रै जापानको सम्राट बन्नुभएको थियो ।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र जापानबीच सदियौं पुरानो द्विपक्षीय घनिष्ठ सम्बन्धको चर्चा गर्नु हुँदै जापानले नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको छ ।

टोकियोस्थित नेपाली दूताबासमार्फत पठाउनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले सम्राटको ६० औं शुभ जन्मोत्सवका अवसरमा नेपाली जनता, नेपाल सरकार तथा स्वयं आफ्नो तर्फबाट मौसुूफ रिकारको सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै जापानी जनताको निरन्तरको प्रगतिको कामना थगर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले समूाट नारुहितोको शुभराज्याभिषेक समारोहमा सरिक हुन अक्टोबर २०१९ मा जापानको भ्रमणका क्रममा सम्राट तथा जापानका प्रधानमन्त्रीसंग भएको भेटघाटलाई स्मरण गर्दै नेपाल र नेपाली जनताप्रति जापानले देखाएको सद्भावले आफ्र प्रभावित भएको उलेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले यस सुखद अवसरमा नेपाल र जापानबीचको सम्बन्ध आगामी दिनहरुमा थप प्रगाड एवं सुदृढ हुँदै जानेमा विश्वस्त रहेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.