संसद चलिरहँदा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच कुटाकुट
विपक्षी सांसदरले राष्ट्रपतिको आलोचना गरेपछि संससद बैठक चलिरहँदा सांसदहरु कुटपिटमै उत्रिएका छन् । सत्तापक्ष र विपक्षी सांसदहरुबीच मुडकी हानाहान र कोपराकोपर भएको छ ।
यो घटना टर्कीको संसदमा भएको हो । त्यहाँको प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको आरोप लगाउँदै कडा आलोचना गरेपछि दर्जनौँ सांसदहरु उनलाई कुटपिट गर्न उत्रिएका थिए ।
झगडाको क्रममा केही सांसदले त कुर्सीमाथि टेकेर मुड्की प्रहार गरेका थिए । केहीले भने रोक्ने प्रयास गरे । केही सांसद त हुलमुलमा भुइँमा समेत पल्टिएका थिए ।
राष्ट्रपतिको आलोचना गर्ने सांसद एन्जिन ओजकोक रिपब्लिक पिपल्स पार्टीका प्रतिनिधि हुन् । जसले राष्ट्रपति एर्दोगनलाई सिरियाको इडलिबमा गत साता मारिएका सिपाहीको अपमान गरेको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए ।
उनले राष्ट्रपतिविरुद्ध लड्न टिर्कस जनताका छोराछोरीलाई पठाइदिन समेत आग्रह गर्दै संसद बैठकमा कडा आलोचना गरेका थिए । संसदका प्रवक्ता मुस्तफा सेन्तोपले ती सांसदको अभिव्यक्तिलाई रोकेका थिए ।
टर्कीले २०१८ मा रुससँग सम्झौता गरे अनुरुप सिरियाली फौजलाई सहयोग गर्दैआएको छ । प्रतिपक्षी दलले भने सिरियाली युद्धलाई लिएर सरकारको आलोचना गर्दैआएको छ ।
प्रतिक्रिया राख्नुहोस्