कोरोनाका कारण भारतमा पहिलो मृत्यु- क्यानडाका प्रधानमन्त्री पत्नी पनि संक्रमित
चीनले कोरोनाको महामारी समाप्त भएको घोषणा गरे पनि विश्वका अन्य मुलुकमा यसले महामारीका रुप लिएको छ । भारतमा कारोनाका कारण एकजनाको मृत्यु भएको छ भने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडोलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २९ जनवरी २०२० देखि २९ फेब्रुअरी २०२० सम्म साउदी अरबमा बिताएर भारत फर्किएका एकजनाको मृत्यु भएको हो । साउदीबाट फर्किएलगत्तै उनमा श्वासप्रश्वास र निमोनिया देखिएको थियो । लगत्तै ६ मार्चमा उनको घर पुगेर चिकित्सकले उपचार गरेका थिए । यद्यपि, उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो । त्यसपछि ९ मार्चमा एक निजी अस्पतालमा उनलाई भर्ना गरिएको थियो । अस्पतालले गरेको परीक्षणमा उनमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।
कर्नाटक राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागले सबै दिशानिर्देशनहरूको पालना गरिएको जनाउँदै ती व्यक्तिको सम्पर्कमा पुगेका सबैलाई ल्याउने प्रयास भइरहेको जनाएको छ ।
उता इटालीका प्रधानमन्त्रीकी पत्नीलाई कोरोना संक्रमण भएपछि पत्नीसँगै प्रधानमन्त्री पनि आइसोलेसनमा रहनुहसनेछ । प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना भए पनि प्रधानमन्त्री ट्रुडोलाई भने कोरोना देखिएको छैन । यद्यपि, पत्नीसँगै प्रधानमन्त्री ट्रुडो पनि १४ दिन आइसोलेसनमा रहनुहुनेछ ।
सेल्फ–आइसोलेसनमा रहे पनि प्रधानमन्त्री ट्रुडोले पूर्ववत् ढंगले आफ्ना नियमित काम गर्ने उहाँको कार्यालयले जनाएको छ । यसै सन्दर्भमा उहाँले शुक्रबार आफ्ना नागरिकहरूलाई सम्बोधन गर्ने तय भएको छ ।
प्रतिक्रिया राख्नुहोस्