राजनीति

प्रधानमन्त्री ओलीलाई 'राजीनामा दिएर आराम गर्न' सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भएको अवस्थामा समेत मुलुकका लागि गर्नुपर्ने काम गर्न नसकेको दाबी गर्दै अस्वस्थ भएपछि राजीनामा दिएर आराम गर्न सल्लाह दिनुभएको छ ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा राणाले सरकारको चर्को आलोचना गर्दै नेकपा नेतृत्वको सरकारले व्यापक भ्रष्टाचार गरेको, संवैधानिक अंगहरुमा राजनीतिकरण भएको, परराष्ट्र नीतिमा असन्तुलन आएको र जनतालाई करमाथि कर थुपारेको आरोप समेत लगाउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीलाई आराम गर्न दिने बेला भएको छ र आराम गर्न जे जे गर्नुपर्छ गर्नुहोस् भन्दै मुलुकलाई अनिर्णयको बन्दी नबनाउन सुझाव दिनुभयो ।

राणाले प्रधानमन्त्री ओली मात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको भन्दै नेकपाले गाउँ–गाउँसम्म भ्रष्टाचार विकेन्द्रीकरण गरेको पनि आरोप लगाउनुभयो ।

‘अहिले व्यापक भ्रष्टाचार बढेको छ । सरकाले काण्डैकाण्ड घटाएको छ । ललितानिवास काण्ड, बूढीगण्डकी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, संवैधानिक निकायमा राजनीतिकरण भएको छ । न्यायालयमा त झनै बढि राजनीतिकरण भयो ।’

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि मुलुकमा बेथिति र विसंगति हुँदा पनि कुनै किसिमको खबरदारी गर्न नसकेको उहाँको अर्को आरोप छ ।
राप्रपा र राप्रपा संयुक्तको एकतापछि राप्रपामा तीन अध्यक्षमध्ये एक राणाले राप्रपा संविधानप्रति प्रतिवद्ध रहेको र, सबै पक्षलाई स्वीकार्य हुने साझा संस्थाको रुपमा राजसंस्थासहित प्रजातन्त्रका लागि अगाडि बढेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो हामीले संविधान जारी गर्दा पनि केही असहमति राखेका थियौं, खास गरी हिन्दूधर्मको बारेमा, हामीले यसको लागि संशोधन पनि हालेका थियौं । राजसंस्थाको लागि वादविवाद, बहस जारी राखौं, सबै पक्षको सहमति गरौं भन्ने हाम्रो भनाई हो। सबै पक्षलाई राजसंस्था स्विकार्य गर्नको लागि हामी बहस तथा पैरवी गर्छौं ।

अध्यक्ष जबराले मुलुकको यस्तो अवस्थामा आफूहरु राष्ट्रवादी शक्तिहरु एकजुट भई औंला ठड्याएर बोल्नकै लागि आफूहरूले एकता गरेको पनि विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.