विश्व समाचार

टाटा ट्रस्टबाट भारतलाई पाँच अर्ब भारु सहयोग प्रदान

भारतको घरानिया औद्योगिक समूह टाटाले कोरोना बिरुद्धको अभियानलाई सघाउन भारत सरकारलाई पाँच अर्ब भारु सहयोग गर्ने भएको छ । सो रकम टाटा ट्रस्टमार्फत प्रदान गर्न लागिएको ट्रस्टका अध्यक्ष रतन टाटाले घोषणा गर्नुभएको छ ।

रतन टाटाले कोभिड–१९ का कारण भारतलगायत विश्वको वर्तमान अवस्था चिन्ताजनक छ । यसविरुद्ध लड्न तत्काल आपतकालीन सहयोग आवश्यक छ । ट्रस्टले सबै समुदायको संरक्षणका लागि उक्त सहयोग रकम उपलब्ध गराउने घोषणा गरेको बताउनुभएको छ ।

उक्त सहयोग राशिबाट उपचारको क्रममा अग्रभागमा खटिने चिकित्सकहरुका लागि टेस्ट किट लगायत आवश्यक मेडिकल सामग्री खरिदमा खर्च गरिने ट्रस्टले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.