जन सरोकार

साढे सात लाख संक्रमितमा मृत्यु संख्या ३५ हजार, निको हुने डेढ लाख : कोरोनाको साँच्चै महामारी हो त ?

विश्वभर महामारीका रुपमा संक्रमण भैरहेको कोरोना भाइरसले अहिले विश्वका दुई तिहाई मुलुकलाई आक्रान्त पारेको छ । कोरोना संक्रमणको संख्या, यसबाट भएको मृत्यु संख्या र निको भएकाको संख्या विश्लेषण गर्ने हो भने यो महामारी या भयावह हो कि हैन भन्ने स्वयं अनुमान लगाउन सकिन्छ ।

कोरोनाको को विश्वव्यापी प्रकोपका कारण सोमबार साँझसम्म सात लाख ३९ हजार व्यक्तिमा संक्रमणको पुष्टि भएको छ । संक्रमितहरूमध्ये १ लाख ५१ हजार ७६६ जना उपचारपछि घर फर्किएका छन् भने केवल ३५ हजार १५ जनाको निधन भएको छ ।

यसबाटै अनुमान लगाउन सकिन्छ कि कोरोना ज्यानमारा भाइरस हैन, तर यसप्रति लापरवाही गर्दा संक्रमणा बढिरहेको छ र मृत्युदर सुरुवाती अवस्था अर्थात् चीनमाभन्दा युरोप र अमेरिकामा ज्यादा छ । चीनले कोरोनामाथि लगभग निण्न्त्रण पाइसकेको छ । यसको उदगम शहर वुहान खुला भैसक्यो भने युरोप र अमेरिकामा व्यापक मात्रामा संक्रमण फैलिइरहेको छ । इटालीमाा अहिले विश्वमै सबैभन्दा बढीको ज्यान गएको छ र त्यसपछि स्पेनमा ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने यदि सचेत हुने हो भने कोरोना संक्रमण हुँदैन र संक्रमण भैहाले पनि मृत्यु हुँदैन यसका निश्चित उपायहरु अपनाउने हो भने । संक्रमितमध्येको मृत्युदरलाई मूल्यांकन गर्दा नै यो पुष्टि हुन्छ ।

हुन त पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा अत्यधिक बढेको दखिएको छ । दुई हप्ता पहिले अमेरिकामा छिटफुटरूपमा सङ्क्रमण भेटिने गरेकोमा यो सङ्ख्या गत हप्ताको अन्त्यतिर अत्यधिक बढेको थियो । अमेरिकाले गत हप्ता अत्यधिक व्यक्तिको सङ्क्रमण परीक्षण भएका कारण सङ्ख्या अत्यधिक बढेको जनाएको छ ।

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म १० हजार ७७९ व्यक्तिको मृत्यु भएको छ भने ९७ हजार ६८९ व्यक्ति सङ्क्रमित भएका छन् ।

स्पेनमा ८५ हजार १९५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने सात हजार ३४० जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ८१ हजार ४७० सङ्क्रमित भएकोमा तीन हजार ३०४ व्यक्तिको मृत्यु भएको छ । चीनमा पछिल्ला केही हप्तादेखि मृत्युदर एकल अङ्कमा रहने गरेकोे छ । चीनमा विगत २४ घण्टामा थप ३१ जना सङ्क्रमित भेटिएका र अधिकांश विदेशबाट चीन आएका व्यक्ति रहेका छन् भने यो अवधिमा चार जनाको मृत्यु भएको छ । चीनले यसअघि नै छिटफुट घटनाबाहेक कोरोनासङ्क्रमण नियन्त्रणमा आइसकेको बताएको छ ।

जर्मनीमा सङ्क्रमित ६३ हजार ७९पुष्टि भएको छ भने ५४५ जनाको मृत्यु भएको छ । इरानमा ४१ हजार ४९५ सङ्क्रमण र दुई हजार ७५७ जनाको मृत्यु भएको छ । फ्रान्समा ४० हजार १७४ व्यक्तिमा सङ्क्रमण, दुई हजार ६०६ जनाको मृत्यु, बेलायतमा १९ हजार ५२२ व्यक्तिमा सङ्क्रमण, एक हजार २२८ जनाको मृत्यु भएको छ ।

एशियाली मुलुकहरूमा चीन र इरानबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या नौ हजार ६६१ रहेको छ भने १५८ जनाको मृत्यु भएको छ । जापानमा १८६६ व्यक्तिमा सङ्क्रमण र ५४ जनाको मृत्यु भएको छ ।

दक्षिण एशियामा सबैभन्दा बढी सङ्क्रमित पाकिस्तानमा एक हजार ५० सङ्क्रमित छन् भने २० जनाको मृत्यु भएको छ । भारतमा एक हजार ७१ जना सङ्क्रमित छन् भने २९ जनाको मृत्यु भएको छ । दक्षिण एशियाली अन्य मुलुकमा भने सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ ।

यसबीचमा विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का एक वरिष्ठ अधिकारीले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआइसकेको चेतावनी दिंदै अहिले देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न डब्ल्यूएचओका क्षेत्रीय निर्देशक ताकेशी कासाईले जोड दिएका छन्।

चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका बेला कासाईले अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.