टोकियोमा साँझ ७ बजेपछि मदिरा बेच्न रोक- क्षतिपूर्ति स्वरुप पाँच लाख येन दिइने
संकटकाल घोषणा भएको जापानको राजधानी टोकियो महानगर सरकारले भीडभाड बढी हुने छ क्षेत्रको छनोट गरी बन्द गर्न अनुरोध गरेको छ । अप्रिल ११ शनिबारदेखि लागू हुने गरी मनोरञ्जनका क्षेत्र, विश्वविद्यालय, ट्यूसन केन्द्र, खेल क्षेत्र, सिनेमाघर तथा सभा, समारोह तथा प्रदर्शनीस्थल एवं व्यापारिक प्रतिष्ठानहरु बन्द गर्न अनुरोध गरिएको हो ।
टोकियो महानगरप्रमुख कोइके युरिकोले शनिबारदेखि नै बार तथा रेष्टुरेन्टहरु विहान ५ बजेदेखि साँझ ८ बजेसम्म मात्र संचालन गर्न र साँझ ७ बजपछि मदिरा विक्री नगर्न आग्रह गर्नुभएको छ ।
प्रमुख कोइकेले अस्पताल तथा अत्यावश्यक खाद्यान्न तथा वस्तु खरीदका लागि घरबाहिर जान प्रतिबन्ध नलाग्ने जानकारी दिंदै महानगर सरकारले दैनिक उपभोग्य वस्तुका पसलहरु बन्द नगरिने बताउँदै नागरिकहरुलाई अनावश्यक खाद्य वस्तुहरु भण्डारण नगर्न अनुरोध गर्नुभएको छ ।
कोइकेले यो अनुरोधको पालना गर्ने व्यापारिक प्रतिष्ठान तथा कम्पनहिरुलाई ५ लाख येन आर्थिक सहायता प्रदान गरिने बताउनुभएको छ । यो धनराशी विविध प्रकारका दसकान तथा कार्यालय संचालन गर्ने कम्पनीहरुका लागिव भने दोब्बर हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्