पार्टीभित्र आशंका उत्पन्न भए पनि एकताबद्ध हुन नेता नेपालको आग्रह
सरकारले जारी गरेको दुई अध्यादेशका काण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजनको रेखा कोरिएको भन्दै टिप्पणी भैरहेका र पार्टीका नेता, कार्यकर्तामा शंका उत्पन्न भैरहेका बेला नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई मजवुत बनाउने काममा लाग्न सवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा अपिल गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले मंगलबार उक बिज्ञप्ती जारी गर्दै हाल बिकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ, यस्तो अवस्थामा हामीले सिंगोपार्टी पंक्तिलाई भावनात्मक रुपमा एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्न आव्हान गर्नुभएको हो ।
नेता नेपालले पार्टीलाई बिधिका अधारमा सहमति, समझदारी र बिश्वासका साथ अघि बढाउने कुरामा आआफ्नो ठाउँबाट योगदान गर्न पनि म सवैलाई आग्रह गनुृभएको छ ।
नेता नेपालले जारी गर्नुभएको बिज्ञप्ती
प्रतिक्रिया राख्नुहोस्