जापानमा कोरोना संक्रमित ८० वर्षभन्दा बढी उमेरका ११ प्रतिशतको मृत्यु
जापानमा कोरोना भाइरस संक्रमित ८० वर्षभन्दा बढी उमेरका ११ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५० वर्षभन्दा बढी उमेर समूहका सबैभन्दा बढी संक्रमित रहको र मृत्युदरमा ८० वर्षभन्दा बढीको सबैभन्दा धेरै रहेको छ ।
समाचार अनुसार संक्रमितको उमेर अनुसार ५० वर्षभन्दा माथीको संख्या १ हजार ८ सय रहेको छ भने २० देखि ४० वर्ष उमेर समूहका १ हजार ७ सय र ३० वर्ष उमेर समूहकाको संख्या १ हजार ६ सय रहेको छ ।
कोरोना संक्रमितहरुमध्ये आइतबारसम्म १ सय ७१ जनाको मृत्यु भएको छ जुन प्रतिशतको हिसाबमा १.६ हुन आउँछ । यो संख्यामा ८० वर्ष र सोभन्दा बढी उमेरका वृद्धवृद्धाको मृत्यु सबैभन्दा बढी छ । अहिलेसम्म सो उमेर समूहका ८७ जनाको मृत्यु भैसकेको छ । जुन प्रतिशको हिसाबमा ११.१ हुन आउँछ ।
त्यसै गरी ७० वर्ष उमेर समूहका ५० र ६० वर्षका संक्रमितहरुमध्ये २१ जनाको मृत्यु भएको छ । यो तथ्यांकपछि मन्त्रालयले वृद्धवृद्धाहरुमा कोरोना संक्रमणको सबैभन्दा बढी खतरा वृद्धवृद्धामा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्