समाजवादी र जनता पार्टी मिलेर बन्यो 'जनता समाजवादी पार्टी'
संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टीबीच बुधबार आधारातमा एकता भएको छ । लामो समयदेखि एकताको प्रयासमा रहेका यी दुई पार्टीको एकीकरणपछि जनता समाजवादी पार्टीका रुपमा निर्वाचन आयोगमा दर्ता हुनेछ ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् । पार्टी एकता समानताको आधारमा हुने सहमतिपत्रमा उल्लेख छ ।
एकतापछि पार्टीको झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।
अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् ।
पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्