अपहरणबिरुद्धको जाहेरी दिन जसपाका नेताहरु सरकारी वकिलको कार्यालयमा
प्रहरीले मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि जनता समाजवादी पार्टीका नेताहरु काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।
सांसद डा. सुरेन्द्र यादवलाई सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण गरी काठमाडौं ल्याएको भन्दै महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।
बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । प्रहरीले सरकारी वकिलकोमा कुद्दा दर्ता गर्न भनेपछि अपहरित भनिएका डा सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित कार्यालय पुग्नुभएको हो । पूर्वराज्यमन्त्री यादवसँगै जसपाका नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ पनि छन् ।
यादवले आफूलाई जबर्जस्ती काठमाडौं ल्याएको भन्दै अपहरणको मुद्धामा अनुसन्धान गर्न जाहेरी दिन लागेका हुन् । तर, खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्