जन सरोकार
कपिलवस्तुमा सुतेकै अवस्थामा वडाध्यक्षमाथि गोली प्रहार
कपिलवस्तुकाृ यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि बिहिबार राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहनुभएको छ ।
![gun-fire](https://www.nepaljapan.com/wp-content/uploads/2018/12/gun-fire-e1571813769939.jpg)
राति करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुत्नुभएका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । दुई अज्ञात व्यक्तिले रिभल्वरले उहाँलाई गोली प्रहार गरेका थिए ।
वडाध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै गोली उहाँलाई नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताउनुभयो । स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो ।
प्रतिक्रिया राख्नुहोस्