प्रदेश

सुदूरपश्चिम कोरोनामुक्त : पाँचौं संक्रमित महिला ३५ दिनको उपचारपछि घर फिर्ता

मुलुकमा लकडाउन सुरु भएपछि कोरोना संक्रमणको रेड जोनमा परेको सुदूरपश्चिम प्रदेश आजबाट कोरोनामुक्त भएको छ । लगालग ५ जना संक्रमित भेटिएको सो प्रदेशका पाँचौं संक्रमित शुक्रबार उपचारपछि घर फर्केसंगै कोरोनामुक्त भएको हो ।

शुक्रबार धनगढीकी कोरोना संक्रमित महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताउनुभयो ।

३५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीया महिलाको छ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

उहाँसँगै भर्ना भएका दुईजना, केही समयअघि भर्ना भएका एकजना र उहाँभन्दा पछाडि भर्ना भएका एकजना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भैसक्नुभएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा पाँचजनामा कोरोना देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन् ।

लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ की महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.