राजनीति

कर्णाली प्रदेशलाई एक करोडको स्वाथ्यसामग्री दिंदै समाजसेवी राजनीतिज्ञ शाह

राजीव विक्रम शाह जतिबेला सांसद थिए अरु सांसदभन्दा फरक किसिमले आफ्नो जनमथलो तथा निर्वाचन क्षत्रको स्वास्थ्य र शिक्षा तथा गरीब दुःखी जनताको सेवामा खटिइहने शाह अहिले सांसद हुनुहुन्न तर जाजरकोटबासीको सेवामा तल्लिन हुनुहुन्छ । यसैक्रममा उहाँले कर्णाली प्रदेशका अस्पतालहरुलाई १ करोड बढीको स्वास्थ्य सामग्री दिने घोषणा गर्नुभएको छ ।

नेपाली कांग्रेसका नेता समेत रहनुभएका पूर्वसांसद शाहले कोरोनाका सम्भावित बिरामी र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहित एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग गर्न लाग्नुभएको छ । शाहले मुख्यगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेतलाई केन्द्रविन्दुमा राखेर सहयोग गर्न लागेको बताउनुभएको छ ।

शाहले प्रदेश अस्पताल सुर्खेतलाई एउटा भेन्टिलेटर र झण्डै सत्तरी लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री तथा अन्य जिल्लाका अस्पतालहरुलाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री दिने बताउनुभएको हो ।

कुमारी ट्रष्टका अध्यक्षसमेत रहनुभएका शाहले जिल्लाका अस्पतालका डाक्टरहरुसँग सल्लाह गरेर स्वास्थ्य सामग्रीहरु प्रदान गर्न लागिएको बताउँदै अस्पतालको आवश्यकताअनुसार प्रत्येक जिल्लाहरुमा फरक–फरक सामानहरु रहेको जानकारी दिनुभएको छ ।

शाहका अनुसार ट्रस्टले अहिले एउटा भेन्टिलेटरसहित ५ वटा आईसीयु बेड सुर्खेतस्थित प्रदेश अस्पतालमा तयार पार्दै छ । त्यहाँका सामग्रीहरु स्वर्गीय प्रभाकर शमशेर राणाकी छोरी मायाले आफ्नो बुवाको वर्ष दिनको पुण्य तिथिको अवसर पारेर कुमारी ट्रस्टसँग सहकार्य गरी लगेको अध्यक्ष शाहले जानकारी दिनुभयो ।

शाहकै पहलमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ५ बडावनमा सुविधा सम्पन्न सामुदायिक अस्पताल भवन निर्माण गरिएको छ । ६ करोड लगानीमा निर्मित सो अस्पताल २५ शय्याको छ । सो सामुदायिक अस्पताल निर्माणका लागि छेडागाड नगरपालिका वडा नं ५ बासिन्दाले ५ रोपनी जग्गा निःशुल्क दिएका छन् ।

जाजरकोटमा झाडापखालाको प्रकोप फैलिएको बेला होस् वा बस दुर्घटनामा परेको बेला होस् उनले व्यक्तिगत पहलमा हेलिकोप्टरमार्फत् धेरैलाई उद्धार गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.