कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि
काठमाडौंमा कारोना संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लोपटक कालीमाटी क्षेत्रमा कार्यरत दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जोखिम बढेको हो ।
समाचार अनुसार महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले दिएको जानकारी अनुसार र्यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि भएको हो ।
दुई प्रहरीमा के कसरी संक्रमण हुन पुग्यो भन्ने बारेमा थाहा हुन नसकेको ज्ञवालीले बताउनुभएको छ । संक्रमित बस्ने व्यारेकमा रहेका सबैको बुधबारबाटै पिसिआर थालिने समाचारमा जनाइएको छ ।
समाचार सूत्रका अनुसार कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो । मंगलबार मात्रै सुनसरीमा खटिएका एक जना सशस्त्र प्रहरी र धनकुटा जिल्ला अस्पतालमा खटिएका एक जना प्रहरीमा संक्रमण देखिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्