भारतीय मिडियामा डा. रिजालको गर्जन "राष्ट्रियताको पक्षमा एक छौं, कोसंग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा सिकाउनु पर्दैन" (भिडियो)
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतमा हंगामा मच्चिएको छ । यसै विषयमा बुधबार भारतीय टेलिभिजन च्यानल रिपब्लिकाका पत्रकार अर्णव स्वामीले नेपाली कांग्रसका नेता डा. मिनेन्द्र रिजालसंग कुरा गरे ।
कुराकानी गर्नुअघि उनले नेपालले चीनको इशारामा नक्सा जारी गरेको, चीनले नेपाललाई प्रयोग गरेका, चीन नेपालको मित्र नभएको लगायत चीन बिरोधी लामो भाषण दिए ।
उनले प्रश्नको साटो लामो समयसम्म चीन बिरोधी कुरा गर्न थालेपछि डा. रिजालले मसंग प्रश्न गरेको कि भाषण सुनाएको ? तपाईले मलाई सन्देश दिन खोज्नुभएको कि प्रश्न गर्नुभएको ? नेपालमा यसरी अन्तरवार्ता लिइँदैन भनेर सम्झाउनुभयो ।
नेपालको पछिल्लो कदममा चीनको हात रहेको भन्दै अर्णव कराउन नछाडेपछि डा. रिजालले हामीसंग उक्त भूभाग भएको पुष्टि गर्ने यथेष्ट प्रमाण छन्, भारतले पनि आफ्नो प्रमाण जुटाओस् । वार्तामा बसौं समस्या समाधान गरौं चीनलाई जोड्नु तुक छैन ।
प्रधानमन्त्री केपी ओलीले संसदमा भारतबाट आएको कोरोना भाइरस कडा रहेछ भन्ने सन्दर्भमा प्रश्न गरेपछि डा. रिजालले भन्नुभयो म सीमा सम्बन्धमा सरकारले लिएको अडानको समर्थन गर्छु । राष्ट्रियताको सवालमा हामी एक ठाउँमा रहेको र कोरोनाको बारेमा प्रधानमन्त्रीले के भने मेरो सरोकारको विषय हैन ।
तर कार्यक्रम संचालक अर्णवले नेपालले चीनको उक्साहटमा लागेर नक्सा जारी गरेको भए पनि चीन नेपालको मित्र नभएको दलिल पेश गरिरहे । सो संवाद समस्या केन्द्रित नभएर चीन केन्द्रित थियो । सो बहसमा रिपब्लिकाका सम्पादक सुवास घिमिरे र दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल पनि थिए ।
भारतीय टिभी प्रस्तोताको सो कार्यक्रमको उद्देश्य नै के थियो भने नेपाल चीनको मित्र हैन शत्रु हो । उनले आजको विषय नेपाल र भारतको समस्या नभएर चीन नेपालको मित्र हैन शत्रु हो भन्ने रहेको र मम यसलाई पुष्टि गर्न चाहन्छु भनेका थिए । उनले पटकपटक भनेका थिए कि चीन नेपालको मित्र हैन भने किन चीनको कुरा सुन्छ ?
डा. रिजालले उनको कुराको कडा प्रतिवाद गरेपछि अर्णव दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाललाई पुरानै शैलीमा चिनीयाहरु कसैको मित्र हुन सक्दैनन् । नेपालको २ सयवटा सरकारी वेभसाइट चाइनिजले ह्याक गरेको भन्दै आपराधिक कार्यलाई चीनले गरेको भन्दै कुरा उठाएपछि रिमालले कुरा गोलमटोल नपार्नुस् । नेपाल–भारतबीच सीमा विवाद छ भन्ने कुरा भारत सरकारले नै स्वीकार्दै आएको छ, नेपालले भारतसँगको सम्बन्ध बिगार्न खोजेको हैन भन्ने जवाफ दिनुभयो ।
अन्तिममा डा. रिजालले भन्नुभयो- “नेपालले कोसग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा हाम्रो कुरा हो, कसैले भनेर हुँदैन । भारत हाम्रो असल मित्र हो भने चीन पनि असल मित्र हो ।”
हेर्नुहोस् भिडियो
प्रतिक्रिया राख्नुहोस्