त्रिवि शिक्षण अस्पतालमा मुटुरोगको उपचार गराइरहेकी महिलामा कोरोना संक्रमणको पुष्टि
एक सातादेखि काठमाडौंका त्रिवि शिक्षण अस्पतालमा मुटुरोगको उपचार गराइरहेकी मकवानपुरकी एक ५४ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
समाचार अनुसार मुुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो ।
त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक पर्सन डा. सन्तकुमार दासले उपचाररत महिलालाई कोरोना संक्रमण भएको पुष्टि गर्द उनलाई गणेशमान भवनस्थित आइसोलेसनमा सारेको जानकारी दिनुभयो ।
ती महिलाको संक्रमण स्रोत भने खुलेको छैन । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डा. पुरुषोत्तम सेढाईंले हेटौंडामा ती महिलाको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु भएको बताउँदै काठमाडौ र हेटौंडामा समेत उनीसँग सम्पर्कमा रहेकाको खोजी थालिएको छ ।
उता संक्रमित महिलाको प्रारम्भिक उपचार गरेको हेटौंडा अस्पतालका चिकित्सक तथा स्वाथ्यकर्मीहरु क्वारेन्टाइनमा बस्न लागेको सो अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले दिनुभएको छ । उहाँका अनुसार ती महिलामा स्वास प्रश्वासमा समेत समस्या देखिएका कारण काठमाडौं रेफर गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्