राजनीति

रुकुम घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र

विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्नुपर्ने माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, पूर्वमन्त्री दलजीत श्रीपाइली र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सभासद् जीवन परियारलगायत नेता तथा अधिकारकर्मीले गृहमन्त्री थापासँग भेट गरी रुकुम घटनामा मृत्युवरण गरेका युवालाई सांस्कृतिक रुपान्तरण अभियानका शहीद घोषणा गर्नुपर्ने माग गरेका हुन् ।

चौरजहारी –८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र यही जेठ १० गते साथीहरु लिएर केटीका घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरेको पीडित परिवारको आरोप छ । नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीका घरमा गएका अन्य पाँचजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अझै एक जना बेपत्ता छन् ।

निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग दलित समुदायले देशैभरि प्रदर्शन गर्दै आएका छन् । सो अवसरमा गृहमन्त्री थापाले रुकुम घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा दण्ड र सजाय दिन प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.