जल/वातावरण

कोरोना संक्रमितको संख्या २ हजार ९९, काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मी संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । मंगलबार काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा २ सय ८८ जना नयाँ संक्रमित थपिएपछि कुल संख्या २ हजार ९९ पुगेको हो ।

मगलबार काठमाडौंको काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो । उनीहरु सबै स्वास्थ्यकर्मी हुन् ।

त्यस्त पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २ सय ८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा कपिलबस्तु, सुर्खेत, दैलेख, सल्यान, अछाम, दाङ, प्युठान, कैलाली, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट, सर्लाही, भक्तपुर, धादिङ, काठमान्डौ, नबलपरासी, नुवाकोट, पर्बत , रुपन्देही र बारालगायतका जिल्लामा भेटिएका कोरोना संक्रमित सहित २ सय ८८ जनालाई कोरोना पुष्टि भएको हो ।

त्यस्तै मंगलबारसम्म कुल संक्रमितमध्ये २ सय ६६ जना उपचारपछि घर फर्केका छन् । निको हुनेमध्ये सय २१२ जना पुरुष र ५४ जना महिला छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.