पत्रकार कमल पौडेल क्यान्सरलाई पराजित गरेर घर फिर्ता
विराटनगरवाट सञ्चालित मकालु टेलिभिजनका सम्पादक तथा पत्रकार कमल पौडेल क्यान्सरलाई पराजित गरेर अस्पतालवाट डिस्चार्ज हुनुभएको छ । गम्भीर प्रकृतिको व्लड क्यान्सरवाट पीडित पत्रकार पौडेल ३ महिना २५ दिन अस्पताल वस्नु परेको थियो ।
उहांलाई ४ साइकल किमो दिइएको थियो । अस्पतालवाट डिस्चार्ज भएपनि उहां लगातार फलोअपमा भने रहनु पर्ने अस्पतालले जनाएको छ । पत्रकार पौडेलको उपचारमा सहयोग पुर्याउन संसारभर छरिएका पत्रकारहरु र मनकारी नेपालीहरुले भूमिका निर्वाह गरेकोमा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले एक विज्ञप्ति जारी गर्दै खुसी व्यक्त गरेको छ ।
वरिष्ठ पत्रकार पौडेलको उपचारका लागि सहयोग उठाउन इञ्जा, इनेप्लिज डटकम, र डिसी नेपाल डटकमको अतिरिक्त अमेरिकामा दिपकराज तिवारी, जापानमा ज्वाला संग्रौला र पुरुषोत्तम लमिछाने, इजरायलमा पबित्रा गौतम, स्विडेनमा फोटो पत्रकार सुन्दर श्रेष्ठ, हंगकंगमा पत्रकार डम्वरकृष्ण श्रेष्ठ, क्यानाडामा पत्रकार अनमोलमणी पौडेल, युरोपमा इञ्जा युरोप लगायत थुप्रै संस्था तथा व्यक्तिहरुले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
नेपालमा कामना प्रकाशन समुहमा कार्यरत वर्तमान तथा पूर्व पत्रकारहरु, नेपाल पत्रकार महासंघ प्रदेश नं १, नेपाल पत्रकार महासंघ मोरङ, मकालु टेलिभिजन, र विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले उपचारमा सहयोगका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
विराटनगरमा रहेको नोबेल अस्पताल, सृजना फाइनान्स, दमक पत्रकार मंच, प्रेस संंगठन मोरङ, गोल्डेन अस्पताल, एडमार्क कलेज, जनमैत्री कलेज, इटहरी नमुना कलेज एबम ती कलेजका शिक्षक तथा बिधार्थी तथा पत्रकार पौडेलका आफन्तजनहरुले पनि उपचारमा सहयोग गरेका थिए । पत्रकार पौडेलको उपचारमा प्रदेश १ सरकारले समेत सहयोग गरेको थियो ।
अस्पतालवाट डिस्चार्ज भएपछि वरिष्ठ पत्रकार पौडेलले आफुलाई नयां जीवन दिनका लागि सहयोग गर्ने र सुस्वास्थको कामना गरिदिने पत्रकारहरु, संघसंस्था, शुभचिन्तक र आफन्जन सवैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्