यस्तो छ कार्यालय संचालनको तालिका
लकडाउन खुकुलो भएपछि कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को गत जेठ २८ गतेको निर्णयअनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुने भएका हुन् ।
बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी तथा बीमा सेवा सोमबारबाट दुई सिफ्ट सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसरी सञ्चालन हुने कार्यालयमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ ।
यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनसमेत सञ्चालन हुन पाउने छ ।
सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई दैनिक निसङ्मित गर्नुपर्ने छ । सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।
बन्दाबन्दीलाई खुलुलो बनाए पनि तत्कालका लागि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने क्षेत्र सञ्चालन हुने छैनन् । ती क्षेत्रमा पठनपाठन, अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ«ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा ब्यूटीपार्लर, स्विमिङ्पुल, सपिङ मल, समूहमा खेलिने खुलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुबाहक सवारीसाधान रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्