जन सरोकार

बाँकेमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

सोमबार बेलुकी नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । तर अस्पतालले भने यसबारे कुनै औपचारिक जानकारी गराएको छैन ।

गत जेठ ३० गते अस्पताल भर्ना भएकी बाँकेको बैजनाथ गाँउपालिका ६ कि ४६ वर्षिय महिलाको सोमबार बेलुका मृत्यु भएको थियो ।

फोक्सामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब संकलन गरीएको थियो । कोरोना परिक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिले नै उनको मृत्यु भएको हो । मंगलबार आएको रिपोर्टमा ति महिलामा कोरोना संक्रमण देखिएको अस्पतालका एक उच्च अधिकारीले जनाएका छन् ।

अस्पतालका एक अधिकारीका अनुसार ती महिलाको आईसियुमा राखेर उपचार गरिएकोले आईसियुलाई सिल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मिलाई क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभएको छ ।

यसअघि जिल्लाको नरैनापुरमा भारतको मुम्बईबाट आएका एक युवकको क्वारेन्टाइनमा मृत्युु भएको थियोे । झाडा पखाला लागेर नरैनापुर नयाँ बस्तीका ती युवकको मृत्युु पछि परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.