जन सरोकार
नेपाली सेनाका दुई उच्च अधिकृत कारबाहीमा : सैनिक अदालतले गर्यो बर्खास्त
नेपाली सेनाका दुई उच्च अधिकारी कारबाहीमा परेका छन् । आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको, सैनिक अनुशासयन उल्लंघन गरेको लगायतका कसुरमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ ।
बुधबार जनरल सैनिक समरी अदालतले दोषी ठहर गर्दै सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा बर्खास्त गरिएको पुष्टि गर्नुभएको छ । बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किनसभएको थियो भने महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा पर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्